निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ (तस्बिरहरू) – Nepal Press

निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ (तस्बिरहरू)

काठमाडौं । जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् ।

जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका हुन् ।

सनाखतका लागि आयोगमा दावीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग-अलग स्थान तोकिएको छ ।

आयोगको इजलासमा सुनुवाइको क्रममा केही दिनअघि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जना सबैलाई आज ११ बजे सक्लल नागरिकतासहित बोलाएको थियो ।

निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा हिजो सुनुवाइको क्रममा सर्वोच्चले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर