ट्युनिसियमा राष्ट्रपतिले गरे संसद विघटन, प्रधानमन्त्री बर्खास्त – Nepal Press

ट्युनिसियमा राष्ट्रपतिले गरे संसद विघटन, प्रधानमन्त्री बर्खास्त

कोभिड–१९ नियन्त्रणमा असफल भन्दै सरकारविरुद्ध प्रदर्शन

देशव्यापी प्रदर्शन चर्किएपछि ट्युनिसियाली राष्ट्रपतिले संसद विघटन गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।

कोभिड-१९ महामारी व्यवस्थापनमा सरकार असक्षम भएको भन्दै हजारौं क्रुद्ध नागरिक सडकमा आएका थिए र प्रहरीसँग झडप पनि भएको थियो ।

राष्ट्रपति केइस सायदले चुनिएका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्ने भन्दै शक्ति आफ्नो हातमा ल्याएका छन् । साथै उनले मुलुकमा शान्ति कायम गर्ने पनि जनाएका छन् ।

तर, प्रतिपक्षी दलहरुले यसलाई कूको संज्ञा दिएका छन् ।

‘ट्युनिसियमा सामाजिक शान्ति नफर्कुञ्जेल र राज्यको सुरक्षा नगर्दासम्म हामीले यस्तो निर्णय लिएका छौं’ आपतकालिन सुरक्षा बैठकपछि राजदरबारमा आयोजित टेलिभिजन सम्बोधनमा राष्ट्रपति सायदले भने ।

प्रधानमन्त्री हाइचेम मेचिचीलाई बर्खास्त गरिएको समाचार आएलगत्तै विरोधमा प्रदर्शनकारी सडकमा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर