म्याग्दीस्थित दानाको ढुंगाखानीमा पहिरो, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध – Nepal Press

म्याग्दीस्थित दानाको ढुंगाखानीमा पहिरो, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको ढुंगाखानीमा पहिरो गएको छ । पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड समेत अवरुद्ध भएको छ ।

ढुंगाखानीबाट सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए ।

स्थानीय प्रहरी र कोरोला सडक आयोजनासंग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ । निरन्तर ढुंगा झरिरहेकालेसडक खुलाउन समस्या भएको स्थानीय गंगा पुनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर