स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको सपथ प्रधानमन्त्री कार्यालयमा – Nepal Press

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको सपथ प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठको सपथ साँझ ५ बजे हुने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउने छन् ।

संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा हुन लागेको हो ।

कोरोना महामारीको असहज परिस्थितिको कारण गत वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ शीतल निवासमा हुन छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर