सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रम टुंग्याइने – Nepal Press

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रम टुंग्याइने

काठमाडौँ । सरकारलाई सघाउन सत्ता गठबन्धनमा आवद्ध दलका नेता सम्मिलित कार्यदलको बैठक बस्दैछ।

अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको बैठकमा सरकारका प्राथमिकताका क्षेत्र निर्धारण र न्यूनतम साझा कार्यक्रमलाई टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनका लागि सुझाव दिन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का, रमेश लेखक र मिनेन्द्र रिजाल, छन् । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट राजेन्द्र श्रेष्ठ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर