टोकियो ओलम्पिकमा अमेरिकाले खोल्यो स्वर्णको खाता – Nepal Press

टोकियो ओलम्पिकमा अमेरिकाले खोल्यो स्वर्णको खाता

काठमाडौं । अमेरिकाले टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण स्वीमिङमा जितेको छ । शुक्रबारदेखि जापानमा जारी ओलम्पिकको तेस्रो दिन अमेरिकी पौडीवाज चेस कालिसले अमेरिकाको स्वर्ण पदकमा खाता खोलेका हुन् ।

आइतबार बिहान भएको पुरुष ४ सय मिटर इन्डिभिजुअल मिड्लेमा कालिसले स्वर्ण जिते । निर्धारित ४ सय मिटरको दूरी कालिसले ०९.४२ सेकेन्डमा पार गरेका थिए ।

अमेरिकाकै जे लिथरल्यान्डले रजत तथा अस्ट्रेलियाका स्मिथ ब्रेन्डनले कास्य पदक जिते । यसअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा अमेरिकाले ४६ स्वर्ण पदक जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *