महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग – Nepal Press

महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले गर्न लागेको ‘हेड काउन्ट’विरुद्ध पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाईको पेशी तोकिएको छ ।

न्यायाधीश कुमार रेग्मी एकल इजलासमा पेशी तोकिए पनि अन्तिममा रहेकाले आजै सुनुवाइ नहुने सम्भावना छ । आयोगले भोलि जसपाका दुवै पक्षका कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित सनाखतका लागि बोलाएको छ ।

ठाकुरले पनि आयोगको सो निर्णय एकपक्षीय भएको र आफूले अधिकारप्राप्त अध्यक्षका हैसियतमा गरेको हेरफेरलाई मान्यता नदिएको भन्दै आयोगको सो निर्णय कार्यन्वयन रोक्न अदालतमा शुक्रवार रिट दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर