आजको ओलम्पिक पदक तालिका : दुई स्वर्ण र एक काँस्यसहित चीन शीर्षस्थानमा

२०७८ साउन ९ गते १७:५२

काठमाडौं । टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक काँस्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ ।
आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ । इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।
बेल्जियम, चिनियाँ ताइपेइ, भारत, नेदरल्यान्ड्स, रुसी ओलम्पिक समिति र सर्बिया सातौं स्थानमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर