पाँच एजेण्डामा निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक – Nepal Press

पाँच एजेण्डामा निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक शुरु भएको छ। सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा पाँच एजेन्डा रहेका छन्।

समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेण्डा बैठकका रहेका छन्।

त्यस्तै महन्थ ठाकुर पक्षको पनि कार्यकारिणी समितिको बैठक बस्दै छ। पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेण्डा बैठकको रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर