यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित) – Nepal Press

यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । गायक यशकुमार र मिलन अमात्यको स्वरमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ यो साता युट्युवमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।

यो साता उक्त गीतलाई २६ लाख १५ हजार २५१ पटक हेरिएको छ भने कूल भ्यूज अहिलेसम्म २८ लाख २ हजार ९२ छ ।

दुर्गा खरेलको स्वरमा रहेको ‘धर्ती आकाश’ बोलको गीत दोस्रो शीर्ष स्थानमा छ । उक्त गीतलाई यो साता २३ लाख ३२ हजार ९५८ पटक हेरिएको छ ।

प्रीति आलेको स्वरमा रहेको गीत ‘सोल्टी राजाको टुम्लेट’ यो साता सूचीको तेस्रो स्थानमा छ । यो गीतलाई यस साता १८ लाख ९६ हजार ८४३ पटक हेरिएको छ ।

रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

हेर्नूस साताको भ्यूज सूची :

१. ‘तिम्रो मन बदलिएछ’ (यशकुमार र मिलन अमात्य) : २६ लाख १५ हजार २५१

२. ‘धर्ती आकाश’ (दुर्गा खरेल) : २३ लाख ३२ हजार ९५८

३. ‘सोल्टी राजाको टुम्लेट’ (प्रीति आले) : १८ लाख ९६ हजार ८४३

४. ‘कुरा काटन’ (खुमन अधिकारी) : १३ लाख ३२ हजार १८७

५. ‘माया बिरानी –२’ (महेश काफ्ले) : १२ लाख ८४ हजार ३५

६. ‘सानी माया’ (बसन्त थापा) : १२ लाख ५० हजार ८३

७. ‘मेरो माया बसेको गाउँमा’ (पशुपति शर्मा) : १० लाख ६७ हजार ५६

८. ‘बुहारी ४’ (टीका सानु) : ९ लाख ४५ हजार ५७५

९. ‘बीच बीच्चमा ३’ (दुर्गेश थापा) : ७ लाख ५३ हजार ७११

१०. ‘थोपडाले धोका दियो’ (भागिरथ चलौने – सुनिता बुढा) : ७ लाख ४३ हजार ५२२

 


प्रतिक्रिया

One thought on “यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

  1. २५/२६ लाखले हेर्दा हिट हुने र टपमा पर्ने तर हाम्रो भोजपुरीको फल्पहुँदा नि एक/दुई करोड हेरिन्छ, हिटको त कुरै नगरौं । भोजपुरीको पनि न्यूज बनाउँ सोल्टी, विराजहरु त्यतै राम्रो पैसा कमाईरहेका छन्, की कसो ? भोजपुरी फिल्मै किन व्यस्त छन विराज जस्ता नेपाली कलाकार खोजिको बिषय होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *