भीम रावलप्रति प्रचण्डको टिप्पणी– गठबन्धनमा राम्रो भूमिका खेलेका साथी नपत्याउँदो किसिमले ढले (भिडियो) – Nepal Press

भीम रावलप्रति प्रचण्डको टिप्पणी– गठबन्धनमा राम्रो भूमिका खेलेका साथी नपत्याउँदो किसिमले ढले (भिडियो)

काठमाडौं । सत्तारुढ गठबन्धनका एक प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्ध भत्काउने षड्यन्त्र अहिले पनि जारी रहेको र एमालेभित्रबाट त्यस्तो खेल हुनसक्ने आशंका गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार बन्नुअघि देखिनै गठबन्धन टुटाउने कसरत भएको बताए । उनले भीम रावलको नाम नलिइ राजीनामा प्रकरणमा केही साथी ढलेको बताए ।

प्रचण्डले भने– यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो । राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले । त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन् ।

आफूहरुले षडयन्त्र बुझेरै जसरी पनि बहुमत जुटाउने प्रयास गरेको झण्डै दुईतिहाई बहुमत बनाउन सफल भएको बताए । अझै पनि गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रचण्डले माधव नेपालसँग आफ्नो कुरा भइरहेको बताए ।

प्रचण्डले भने– कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन पनि खोजिँदैछ । तपाईंहरुले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र । अनेक प्वाल खोजेर हान्न खोजिँदैछ ।

एमसीसी र आइपिएसकोको कुरा छिराएर गठबन्धन भाँड्ने खतरा रहेकोसमेत प्रचण्डले बताए ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूलाई मन्त्री बन्नेको भीड छिचोलेर हिँड्न आतंक भएको भन्दै माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर