चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा आजदेखि, पीसीआर रिपोर्ट अनिवार्य – Nepal Press

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा आजदेखि, पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । स्नातक तहको प्रवेश परीक्षा आजदेखि १३ गतेसम्म हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । परीक्षामा सहभागी हुन विद्यार्थीले ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य ल्याउनुपर्ने र पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार आज एमबीबीएस, भोली १० गते बीडीएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बीएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।

काठमाडौंसहित अन्य जिल्लामा परीक्षा सुरु भएको छ । परिक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा नै परीक्षा दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *