माधव नेपालनिवास पुगेर प्रचण्डले भने– ओलीलाई महाराजाधिराज भनेकोमा धन्यवाद (भिडियो) – Nepal Press

माधव नेपालनिवास पुगेर प्रचण्डले भने– ओलीलाई महाराजाधिराज भनेकोमा धन्यवाद (भिडियो)

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।

माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ । नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रयास भइरहेको बताए ।

माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएका छन् । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।

प्रचण्डले भने– हिजो माधवजीले सही भन्नुभयो । महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि ! कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ । गठबन्धन जोगाउन हामी प्रयासमै छौं ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरुले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गरे ।

 


प्रतिक्रिया

One thought on “माधव नेपालनिवास पुगेर प्रचण्डले भने– ओलीलाई महाराजाधिराज भनेकोमा धन्यवाद (भिडियो)

  1. यदि यस्तै मान्छे हरुकाे कुरामा सहि थाप्ने र पार्टी भित्र किचलो कायम राख्ने हाे भने नेकपा भन्ने मानव साङ्लो चुडिन्छ र नेपाली जनताको नजरमा नराम्रो तरिकाले पतन हुन्छ ।दिशा बिहिन स्थिति बाट पार्टी समाप्ति तिर जान्छ ।

Leave a Reply to रबिकुमार गिरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर