टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान – Nepal Press

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । टोकियो ओलम्पिकमा सुटिङ खेलकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले कीर्तिमान कायम गरेकी हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

५० प्रतिस्पर्धी सहभागी इभेन्टमा कल्पनाले ४६ औं स्थान हासिल गरेकी हुन् ।

जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर