डीआईजी श्रेष्ठको अवकाश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश – Nepal Press

डीआईजी श्रेष्ठको अवकाश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी वलको डीआईजी पदमा म्याद थप नभएपछि स्वतः अवकाश भएका प्रविण श्रेष्ठलाई सेवामै राख्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार श्रेष्ठको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवामै राख्न आदेश दिएको हो ।

सरकारले एक वर्ष म्याद थप नगरेपछि उनी अदालत गएका थिए । म्याद थप हुँदा उनी आइजिपीको दाबेदार थिए । अदालतले श्रेष्ठको म्याद थप नगर्नुको कारणसहित आगामी मंगलबार उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *