ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा – Nepal Press

ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याउनुपर्ने बैंकले जनाएको छ ।

कर्मचारीले आफ्नो वार्षिक विदामध्ये ७ दिनका लागि अनिवार्यरुपमा आन्तरिक भ्रमण विदा लिनुपर्ने बैंकले जनाएको छ । ३ हजारभन्दा बढी कर्मचारी रहेका यस बैंकले कोभिड १९ बाट प्रभावित पर्यटन व्यवसायलाई टेवा पुर्याउन उक्त निर्णय लिएको बैंकको दावी छ ।

महामारीका कारण बिदेशी पर्यटकको आवागमनमा कमीलाई आफ्नो उक्त निर्णयले सहयोग पुर्याउने बैंकले अपेक्षा लिएको छ ।

यस बैंकको ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर