नेम्वाङलाई प्रकाशमानको प्रश्न- सरकारमा बस्दा विधि मिच्ने, विपक्षमा बस्दा मूल्यमान्यताको कुरा ? – Nepal Press

नेम्वाङलाई प्रकाशमानको प्रश्न- सरकारमा बस्दा विधि मिच्ने, विपक्षमा बस्दा मूल्यमान्यताको कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सरकारमा बस्दा विधि मिचेको र अहिले विपक्षमा बस्दा मूल्य, मान्यताको कुरा गरेकोले त्यसको अर्थ नरहेको जिकिर गरेका छन् ।

सदनमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता सिंहले भने, ‘आफूलाई कानुनविद्, विद्वान भन्ने । संविधान बनाउँदा धारा ७६(५) राख्ने । अहिले संस्कार, मूल्य, मान्यताको कुरा गरेर मिल्छ ?’

यसअघि सम्बोधन गरेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवा जनादेशबाट नभइ परमादेशबाट प्रधानमन्त्री भएको टिप्पणी गरेका थिए । संसदको पहिलो बैठकमै विश्वासको मत लिएको भन्दै नेम्वाङले विधि र संसदीय मूल्य मान्यताको ख्याल गर्न सुझाएका थिए ।

‘आफू सरकारमा बस्दा सीमामा नबस्ने, अहिले परमादेशबाट प्रधानमन्त्री भयो भनेर के पाउनुहुन्छ ?,’ सिंहले प्रश्न गरे, ‘आफूले विधि र प्रक्रिया मिच्ने अनि दलहरू मिलेर संविधानको रक्षाका निम्ति अगाडि बढ्दा यस्तो ?’

विधि र नियममा नबस्दा के हुन्छ भन्ने उदारहण स्वरूप सानै दल भए पनि देउवा प्रधानमन्त्री हुन सकेको सिंहको भनाइ छ। उनले भने, ‘विपक्षमा बस्दा मूल्यमान्ताको कुरा गर्दा त्यसले के मान्यता पाउला, विधि, नियम अनुसार के हुन्छ भन्ने उदारणस्वरूप उहाँ प्रधानमन्त्री हुनु भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर