पार्टी र जनताको आग्रह भन्दै भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा – Nepal Press

पार्टी र जनताको आग्रह भन्दै भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका हुन् ।

रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।
उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

One thought on “पार्टी र जनताको आग्रह भन्दै भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर