खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो – Nepal Press

खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

काठमाडौं । अमेरिकाकी एक युवती पछिल्लो दुई महिनादेखि खोकीसँग जुधिरहेकी थिइन् । उनी डाक्टरसामु यो समस्या लिएर पुगिन् र डाक्टरले उनको उपचार सुरु गरे । उपचारका दौरान उनको मुटु गलत स्थानमा छ भन्ने पत्ता लाग्यो ।

र, क्लेयरले टिकटक भिडियोमार्फत् आफ्नो कहानी सुनाएकी छन् । सिकागोमा बस्दै आएकी १९ वर्षीया क्लेयर म्याकको जुनमा हाथ काटिएको थियो । र, उनी टिटनासको सुई लगाउन डाक्टरसामु गएकी थिइन् । त्यो बेलासम्म उनलाई दुई महिनादेखि खोकीले पनि सताइरहेको थियो । र, अस्पताल पुगेका बेला त्यसको पनि उपचारका लागि उनले सोधेकी थिइन् ।

सोही क्रममा उनको मुटु गलत स्थानमा रहेको पत्ता लागेको थियो । क्लेयरले भिडियोमा आफू विद्यार्थी भएको र नाइट लाइफमा पार्ट-टाइम काम गर्दै आएको बताएकी छन् । गत महिना कोरोना गाइडलाइन्स अनुसार सिकागो खुल्न सुरु हुँदै गर्दा उनलाई रुघा लागेको थियो । र, औषधी खाँदा पनि ठीक भइरहेको थिएन ।

उनको छातीमा इन्फेक्सनको आशंका गरेर एक्सरे गरिएको थियो । जब एक्स-रेको रिपोर्ट आयो, डाक्टर आश्चर्यमा परेका थिए । क्लेयरले आफ्नो भिडियोमा भनेअनुसार रिपोर्ट हेरेर डाक्टरले आफूलाई गलत ठाउँमा मुटु भएको बताएका थिए ।


प्रतिक्रिया

One thought on “खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर