प्रधानमन्त्रीसँग जापानी र अष्ट्रेलियाली राजदूतको भेट : जापानले चाँडै अस्ट्राजेनेका खोप आपूर्ति गर्ने – Nepal Press

प्रधानमन्त्रीसँग जापानी र अष्ट्रेलियाली राजदूतको भेट : जापानले चाँडै अस्ट्राजेनेका खोप आपूर्ति गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान गर्ने मित्रराष्ट्रहरु अष्ट्रेलिया र जापानलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार जापानी राजदूत किकुता याकुता र अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कमार्फत उनले ती देशलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा जापानी राजदूत किकुताले उनको देशले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाल आउने जानकारी गराएका थिए ।

राजदूतलाई देउवालाई टोकन अफ लभ पनि प्रदान गरे । अष्ट्रेलियाली राजदूत भल्कमार्फत देउवाले महामारीलाई सघाउने अष्ट्रेलियालाई पनि धन्यवाद दिए । आफ्नो कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध प्रगाढ हुने आशा पनि उनले लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *