जसपा विवादमा निर्वाचन आयोगको निर्णय- साउन ११ गते ५१ जनाको सनाखत लिइने – Nepal Press

जसपा विवादमा निर्वाचन आयोगको निर्णय- साउन ११ गते ५१ जनाको सनाखत लिइने

काठमाडौं । निर्वाचन आयोगले जनता समावजवादी पार्टी (जसपा) को विवादका सन्दर्भमा अन्तिम फैसला सुनाउनुअघि एकता बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।

आज आयोगको इजलासमा सुनुवाइको क्रममा एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते ११ बजे सनाखतका सक्लल नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोगका सचिव सुरेश अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनीहरूको सनाखत गरेपछि आयोगले ११ गते अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुरले गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएन । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका कम्तीमा ५ जना सांसद यादव पक्षमा लागेका छन् । आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । त्यो अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि मौका दिनेछ । ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याउन सकेन भने नयाँ दल दर्ता भए पनि सांसद पद जोगाउन कानूनी अड्चन आउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर