नेपालमा कोरोनाविरुद्धको पूर्णखोप लगाउने १२ लाख ८१ हजार पुगे (सूचीसहित) – Nepal Press

नेपालमा कोरोनाविरुद्धको पूर्णखोप लगाउने १२ लाख ८१ हजार पुगे (सूचीसहित)

काठमाडौं । नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । यसबाहेक पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् ।

यस्तै १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् ।

अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएको मन्त्रालयले जनाएको छ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।

हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर