कांग्रेस पदाधिकारी बैठक बोलाइयो

२०७८ साउन ७ गते १७:०३

कांग्रेस पदाधिकारी बैठक, फाइल तस्बिर ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक भोलि बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा तय गरिएको हो ।
पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूको सुझावबमोजिम बैठक निजी निवासमा बोलाइएको एक नेताले बताए ।
भोलिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन , निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर