अमेरिकीहरुको औषत आयु दुईवर्षले घट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकी आयु ओरालोतर्फ – Nepal Press

अमेरिकीहरुको औषत आयु दुईवर्षले घट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकी आयु ओरालोतर्फ

काठमाडौं । कोरोनाभाइरस महामारीको असर अमेरिकी नागरिकको जीवनमा देखिएको छ । महामारीले गर्दा सन् २०१८ सालदेखि २०२२ सम्म अमेरिकी नागरिकको औषत उमेर २ वर्ष घटेको एक शोधले जनाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानमा अमेरिकीको औषत उमेर घट्नुमा कोरोनामहामारीलाई कारण मानिएको छ ।

उक्त अनुसन्धानको अनुसार अश्वेत जातिमा भन्दा गोरा जातिहरुको औषत उमेरमा ह्रास आएको छ । २०१८ मा अमेरिकीहरुको औसत उमेर ७८.७ वा ७९ वर्ष थियो भने २०२० मा घटेर ७६.९ वर्ष पुगेको छ ।

यो अध्ययन युनिभर्सिटी स्कुल अफ मेडिसिनका स्टीवन वुल्फले गरेका हुन् । उनले भने, ‘अमेरिकीहरुमा दोस्रो विश्वयुद्ध अर्थात ८२ साल पछि उमेरमा गिरावट देखिएको हो ।

अमेरिकीहरुको औषत आयु घट्नुको प्रमुख कारण :

  •  अमेरिकामा कोरोनाका कारण ६ लाख भन्दा बढीको मृत्यु भएकाले यसले औषत उमेरलाई असर ग¥यो ।
  •  लामो समयसम्म विरामी भएकाले स्वास्थ्य सेवा सुविधामा व्यवस्थापन हुन सकेन
  •  मानिसहरु संक्रमण हुँदा समयमा पाउनुपर्ने उपचार पाएनन्
  •  महामारीका कारण स्वास्थ्यसेवामा पहुँचको अभाव भएकाले बढी प्रभावित भए

गोरा जातिहरुमा बढी असर

अध्ययनका अनुसार अमेरिकी काला जातिको मृत्युदर गोरा जातिको भन्दा दोब्बर मृत्यु भएको थियो । अफ्रिकी अमेरिकाको औषत उमेर करिब ३।३ वर्षले घटेको छ भने ल्याटिन अमेरिकीहरुको ३।९ वर्षले घटेको छ । कोरोनाका कारण अन्य देशहरुमा पनि आयुमा गिरावट आएको छ । अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, इजराइल, नेदरल्यान्ड र ब्रिटेनमा पनि गिरावट आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *