पठाओ राइडरमाथि बस व्यवसायीद्वारा हातपात – Nepal Press

पठाओ राइडरमाथि बस व्यवसायीद्वारा हातपात

काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकमाथि यातायात व्यवसायीले हातपात गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले गरको आन्दोलनको क्रममा आन्दोलनलाई बिथोल्न सहयोग गरेको भन्दै आन्दोलनमा सहभागी ट्याक्सी र बस व्यवसायीले हातपात गरेका हुन् ।

पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज आन्दोलनमा उत्रिएकाले पठाओ राइडरमाथि हातपात गरेको बताएका छन् ।
बस्न्यातले भने, ‘बस व्यवसायी र ट्याक्सी व्यवसायीले पठाओका २ जना चालकलाई हातपात र ४ वटा पठाओको चाबी खोसेका छन् । हामीले हातपात भएका १०० मा सीधै प्रहरीलाई फोन गर्न भनेका छौं । हातपात भएका चालकको सुरक्षाका लागि हामी प्रहरीमा उजुरी लिएर जाने तयारीमा छौं ।’

सार्वजनिक यातायात केन्दीय महासंघका महासचिव भरत नेपाल भने पठाओ चालक माथि हातपात नभएको बताए । उनले भने, हामीले शान्तिपूर्ण आन्दोलन मात्रै गरेका हौं । कसैमाथि हातापात गर्ने हाम्रो नियत छैन । हाम्रो आन्दोलनमा प्रहरी पनि सँगै छन् । उनीहरूलाई सोध्दा पनि थाहा हुन्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सन्जीव शर्मा दासले पठाओको चालक माथि हातपात र चाबी खोसेको विषयमा कुनै जानकारी नभएको बताए । उनले भने, ‘आज बस व्यवसायीहरूले आन्दोलन गरेका छन् । तर, हातपात भयो भन्ने कुरा ट्राफिक प्रहरी कार्यालयलाई कुनै जानकारी छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *