भाइरस उत्पत्तिबारे डब्लुएचओको दोस्रो चरणको अनुसन्धान योजना चीनद्वारा अस्वीकार – Nepal Press

भाइरस उत्पत्तिबारे डब्लुएचओको दोस्रो चरणको अनुसन्धान योजना चीनद्वारा अस्वीकार

बेइजिङ । कोरोनाभाइरसको उत्पतिबारे विश्व स्वास्थ्य संगठनले सुरु गर्न लागेको दोस्रो चरणको अध्ययनमा चीनले सहभागिता नजनाउने भएको छ । डब्लुएचओका एक पदाधिकारीले अध्ययन प्रतिवेदनमा चीनको वुहानबाट भाइरस चुहावट भएको कुरा उल्लेख भएपछि चीनले भाग नलिने जनाएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख झेङ यछिनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रयोगशालाबाट चुहावट भएको कुरा उल्लेख भएको जानकारीमा आउँदा आफू आश्चर्यचकित भएको बताए ।

‘भाइरसको उत्पतिबारे दोस्रो चरणको छानविन गर्ने डब्लुएचओको योजना सामान्य बुझाइको कुरा हो । यो विज्ञानविरुद्धको कुरा पनि हो । हामीले उक्त योजना स्वीकार गर्नु असम्भव कुरा हो’ उनले भने ।

भाइरस चुहावट भएपछि प्रयोगशालमा काम गर्ने कर्मचारी बिरामी भएको भन्ने अमेरिकी स्टेट डिपार्टमेन्टको दाबीलाई पनि उनले गलत भएको बताए । उनले कुनैपनि कर्मचारी भाइरसबाट बिरामी नभएको दावी गरे ।

गत मार्चमा डब्लुएचओले भाइसको उत्पतिबारे प्रारम्भिक अनुसन्धान गर्दै रिपोर्ट सार्वजनिक गरेको थियो । डिसेम्बर २०१९ अघि भाइरस मानिसभन्दा पहिल्यै जनावरमा संक्रमण भएको हुनसक्क्ने कुरा उक्त रिपोर्टमा उल्लेख थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर