नेपाल उद्योग परिसंघका वरिष्ठ उपध्यक्ष अग्रवाल अध्यक्षमा चुनिए – Nepal Press

नेपाल उद्योग परिसंघका वरिष्ठ उपध्यक्ष अग्रवाल अध्यक्षमा चुनिए

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् ।

अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर फोरमको नेतृत्व गरेका थिए । अग्रवाल एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लू अर्थमुभर, एमएडब्लू इन्भेष्टमेन्ट कम्पनी र एमएडब्लू रेडमििक्स कंक्रिट लगायतका कम्पनीका सन्चालक हुन् ।

अग्रवाल पूर्व फुटबल खेलाडी समेत हुन् । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल २१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका थिए ।

परिसंघको साधारणभाले ३७ जना राष्टि«य परिषद सदस्य चयन गरेको छ । राष्टिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्। नेपाल उद्योग

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर