एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार – Nepal Press

एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् ।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’

१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

‘ढुक्क हुनुस् कामरेडहरु, त्यसो हुन दिइने छैन,’ उनले भने ।


प्रतिक्रिया

One thought on “एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

  1. गोरु बुढो भए चोर्छ, मान्छे बुढो भए कुचु-याइ गर्छ भन्थे अब विगत १५ बर्षको सपनी अहिले कल्पना गरेर पुग्दैन हजुर !

Leave a Reply to Hansa Bahadur Shahi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर