हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने – Nepal Press

हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने

काठमाडौं । बाढीप्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १७ पीडित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ ।

बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरे ।

साथै, कलाकारद्वारा स्थापित सिन्धु सहयोग कोषले बाढीप्रभावित मेलम्चीको दनुवार बस्तीमा २० वटा घर निर्माण गर्ने तयारी भएको छ । कोषका सदस्य संगीतकार चेतन सापकोटाले आधुनिक शैलीमा दुई तले होमस्टे घर बनाइदिने तयारी भएको बताए ।

बिहीबार बस्ने कलाकारहरुको बैैठकले यसबारे थप योजना सार्वजनिक गर्ने जनाइएको छ । यसैसाता करिश्मा मानन्धरसहितका कलाकारले बाढी प्रभावित मेलम्ची, हेलम्बु र पाँचपोखरीको निरिक्षण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *