अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण – Nepal Press

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।

अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर