बेलायती प्रधानमन्त्रीको कार्यालयअघि गोर्खाहरुको रिले अनसन आजदेखि – Nepal Press

बेलायती प्रधानमन्त्रीको कार्यालयअघि गोर्खाहरुको रिले अनसन आजदेखि

माग पुरा नभए अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी

लन्डन । समान पेन्सन लगायतका अधिकार माग गर्दै गोर्खा समुदायले आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय अघि रिले अनसन प्रदर्शन गर्ने भएका छन् ।

ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै १३ दिने रिले अननसन लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । साथै समितिले आफ्ना अन्तर्राष्ट्रिय कानून व्यवसायीमार्फत अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएको छ ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को युनिभर्सल पिरियोडिक रिभ्यू तथा आइएलओ लगायतका निकायमा मुद्दा हाल्ने उसको चेतावनी छ । आजदेखि सुरु हुने रिले अनसनमा ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले अनसनमा बस्दैछन् ।

उनीहरुले अबको आन्दोलन निर्णायक हुने दाबी समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर