स्वीस राजदूतको राजनीतिक दौडाहा, यादवसँग समसामयिक विषयमा छलफल

२०७८ साउन ६ गते १३:१२

काठमाडौं । नयाँ सरकार बनेपछि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरको राजनीतिक दौडाहा सुरु भएको छ ।
प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवालाई मंगलबार भेटेर वैदेशिक लगानी र संक्रमणकालिन न्यायबारे छलफल गरेकी केपलरले बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेकी छिन् ।
यादवसँग ललितपुर बालकुमारीमा रहेको जसपाको कार्यालयमा भेट भएको हो । दुईजनाको भेटमा मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितीबारे छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर