न्यूनतम १० लाख डोज भेरोसेल खोप ल्याउन निगमको जहाज आज बेइजिङ जाँदै – Nepal Press

न्यूनतम १० लाख डोज भेरोसेल खोप ल्याउन निगमको जहाज आज बेइजिङ जाँदै

आइतबारसम्म ३२ लाख डोज ल्याउने तयारी

काठमाडौं । कोभिड-१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *