ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधान गर्न ऊर्जा मन्त्रीलाई महासंघको आग्रह – Nepal Press

ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधान गर्न ऊर्जा मन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधानका लागि पहल गर्न निजी क्षेत्रले सरकारसाग आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई उर्जा मन्त्रालयमा गएर ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधान भनेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मन्त्रीसँग भेटका क्रममा ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका छन् । प्राधिकरणले लिँदै आइरहेको र विद्युत उपभोग गरेवापतको महसुल समेत तिर्दै आइरहेको भएता पनि छुट बिल/रकम भनी करोडौ/अर्वौं रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू हतोत्साही भएको महासंघले जनाएको छ ।

महासंघसँगको भेटमा मन्त्री भुसालले ट्रङक तथा डेडिकेटेड विद्युत महसुल विवादमा महासंघले राखेका विषयमा आफूले कानूनी/विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर