प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन- उपचार खर्च सरकारले व्यहोर्ने – Nepal Press

प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन- उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।

मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीमा उपचाररत रहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन- उपचार खर्च सरकारले व्यहोर्ने

  1. तीर तिर तिम्रा घरका जाने हैन सबेै हामी जस्तै नेपाली जनताको पसीनाले तिरेको करको पैसाबाट त जाने हो तिमिहरुको उपचार गर्न । अनि साधारण नागरिकले चाँही सिटामोल पाउन नि समस्या छ

  2. उपचार गर्नु नै छ भने गरिब दुःखीको गर्नुस् प्रधानमन्त्रीज्यू धनाढयहरु आफै गरिहाल्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर