एमालेमा प्रभु साहले बनाए ‘आइटी आर्मी’, संयोजकमा चन्द्र भुषण साह चयन – Nepal Press

एमालेमा प्रभु साहले बनाए ‘आइटी आर्मी’, संयोजकमा चन्द्र भुषण साह चयन

काठमाडौै । नेकपा एमाले नेता प्रभु साहले प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ ।

युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा नवगठित ‘आईटी आर्मी’ को प्रथम राष्ट्रिय भेला गरी आज औपचारिक घोषणा गरिनुका साथै अन्तरिम घोषणापत्र जारी गरिएको छ । सुचना प्रविधिले सारा विश्वलाई एक ठाउँमा ठाउँमा संकेन्द्रित हुँदै गएकोले अबको क्रान्ति पनि सुचना प्रविधिकै बलमा सम्भव हुने भन्दै आईटी आर्मीको परिकल्पना गरिएको हो ।

आईटी आर्मीका संयोजक चन्द्र भुषण साहका अनुसार समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, आरजकता, दण्डहिनता एवं अस्थिरता विरुद्ध संर्घष गर्न, समाजमा विद्यमान विभेद, शोषण, दमण तथा उत्पिडन रोक्न सक्रिय रहने जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरुमा सहभागि भई सहयोग गर्ने जस्ता कार्यक्रमका साथ अगाडि बढेको बताए ।

कम लागतमा बढी उत्पादन हुने साथै ठूलो संख्यामा श्रीमकहरुलाई बेरोजगार बनाएको, सूचना–सञ्चारले सरकारी सेवालाई प्रभावकारी बनाएको साथै जनतालाई दिगभ्रमित गर्ने सरकारी औजार समेत बनेको जस्ता परिस्थिति निर्माण भई देश दुनियाको मुनाफाखेर दलाल पूँजीपति वर्गलाई संगठित भई हस्तक्षेप गर्ने स्थिति निर्माण गरेकोले श्रमिक वर्ग एकीकृत हुनु पर्ने आईटी आर्मीको घोषणापत्रमा उल्लेख छ ।

हाललाई पदाधिकारी, कार्यालय र सचिवालय सहित १५१ सदस्य केन्द्रीय कमिटी, सोहि अनुरुप प्रदेश तहमाः १०१ सदस्य प्रदेश कमिटी र स्थानीय तहमाः ७५ सदस्य जिल्ला कमिटी, ५१ सदस्य निर्वाचन क्षेत्र कमिटी र ३३ सदस्य पालिका कमिटी गठन गरिने संयोजक साहले जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री प्रभु साहले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमान्न आह्वान गरे । उनले व्यवस्था, शासन प्रणालीलगायतका विषयमा युवा पुस्ताले स्पष्ट धारणा बनाई आईटी आर्मी अगाडि बढ्नुपर्ने बताए ।

‘हामीले हेरिरहेका छौँ, संसदीय दलीय प्रणालीमा हुनै पनि देशमा सत्तापक्ष सांसदले अर्को दलको प्रधानमन्त्री बनाउन षडयन्त्र गर्ने काम हुँदैन, संसारमा कही पनि ७६१ वटा सरकार छैन, राष्ट्रपति संस्थाको निर्णयको अपमान हुँदैछ, शक्ति पृथकीकरणको नाममा अराजकता बढ्दै छ, जनादेशभन्दा पनि परमादेशबाट देश चलिरहेको छ ।’

पूर्वमन्त्री साहले भने, ‘तह(तहमा विवाद छ, सत्ता गिराउन, टिकाउन र बनाउन निकृष्ठ तहको तमासा भइरहेको छ, सामन्तवादको अवशेषले देशलाई भ्रमित गर्ने दुष्प्रयास भईरहेको छ । यो सबै वर्तमान अस्पष्ट व्यवस्थाको प्रतिफल हो । समाजलाई भ्रमित बनाई धमिलो पानीमा माछा पार्ने दुस्साहस प्रतिक्रियावादीहरुले गरिरहेका छन् । नवगठित आइटी आर्मीले यी सबै विकृतिको उजागर गरी जनतालाई सुसुचित गर्नुपर्छ भन्ने शुभकामना दिन चाहन्छु। ’

एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले देशको एउटा लिडिङ संस्थाको रुपमा आईटी आर्मी अगाडी आउनुपर्ने र समाजमा हुने झुटको खेतीलाई निस्तेज गर्नुपर्ने बताए ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले युवा पुस्ताले चाहेको खण्डमा ठूल्ठूला क्रान्ति सम्भव भएकोले आईटी आर्मी जनताको हक अधिकारका लागि काम गर्न अग्रसर हुनुपर्ने बताए । एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमन प्याकुरेल, पूर्वमन्त्री गौरीशंकर चौधरीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर