स्वास्थ्य सचिव पोखरेलद्वारा पदभार ग्रहण, एन्टीबायोटिकको दुरुपयोग रोक्न समिति गठन – Nepal Press

स्वास्थ्य सचिव पोखरेलद्वारा पदभार ग्रहण, एन्टीबायोटिकको दुरुपयोग रोक्न समिति गठन

कोभिड नियन्त्रण र उपचारमा लागिपर्ने प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य सचिवमा बढुवा भएलगतै डा. रोशन पोखरेलले आज स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसँगै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषयमा काम गर्ने एक समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन् । कोभिड खोपलाई पहिलो प्राथमिकतामा राखेर आफुले सोही अनुसार काम गर्ने उनले बताए ।

सो अवसरमा सचिव लक्षमण अर्यालले बधाई तथा शुभकामना दिएका थिए । पदबहाली पछि बोल्दै सचिव पोखरेलले आफ्नो लक्ष्य कोभिड नियन्त्रणमा र उपचारमा केन्द्रित हुने बताए । असोजसम्म ३२ प्रतिशत र चैत सम्ममा ७२ प्रतिशत जनतालाई कोभिड बिरुद्धको खोप लगाईसक्ने सरकारको योजनालाई पूरा गर्ने गरी अघि बढ्ने बताए ।

सचिवमा बढुवा हुनु अघि उनी मन्त्रालयमा नै १२औं तहका प्रमुख विशेषज्ञको रुपमा कार्यरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर