चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप – Nepal Press

चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

काठमााडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै कूल आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप चेम्बरका व्यवसायी, यातायात व्यवसायी र देशको अर्थतन्त्र माथि उठाउन योगदान गरेका व्यक्तिहरुलाई दिन माग गरेका छन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा सदस्यद्धारा आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेटवार्ता गरि बधाइ दिदै खोप माग गरेको हो ।

मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउदै खोपको माग गरेका हुन् ।
निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि मल्लले बताए । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् ।

कोभिडको खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने प्रधानमन्त्री देउवाले बताए ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर