महामारीको बेला भारतमा अतिरिक्त ४० लाख जनाको मृत्यु भएको अमेरिकी अध्ययनको निष्कर्ष – Nepal Press

महामारीको बेला भारतमा अतिरिक्त ४० लाख जनाको मृत्यु भएको अमेरिकी अध्ययनको निष्कर्ष

दिल्ली । कोभिड-१९ महामारीको कारण भारतमा ४० लाख जनाको अतिरिक्त मृत्यु भएको दाबी एक अमेरिकी अध्ययनले देखाएको छ । भारतमा कोभिडले ४ लाख १४ हजारको मृत्यु भएपनि अतिरिक्त मृत्यु बढी रहेको उक्त अध्ययनको निष्कर्ष छ ।

अमेरिकाको सेन्टर फर ग्लोबल डेभलपमेन्टका अध्ययनकर्ताले जुन २१ सम्मको तथ्यांक संकलन गर्दै भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेका थिए ।

उनीहरुले भारतको आधा जनसंख्या भएका सातवटा राज्यमा पञ्जीकृत मृत्युको तथ्यांक समेत अध्ययन गरेका थिए । भारतले महामारीको कारण हुने अतिरिक्त मृत्युको तथ्यांकको लगत राखेको छैन ।

साथै, उनीहरुले संक्रमण भएका मानिसहरुको एन्टीबडी अध्ययन र सिरो सर्भेलेन्सको समय अध्ययन गरेका थिए । उनीहरुले १ लाख ७७ हजार परिवारका ८ लाख ६८ हजार व्यक्ति सहभागि भारतको उपभोक्ता सर्वेक्षणको परिणाम पनि हेरेका थिए ।

यी सबै कुराको अध्ययन गरेर अनुसन्धानकर्ताले भारतमा ३४ लाखदेखि ४७ लाख अतिरिक्त मृत्यु भएको निष्कर्ष निकाले । यो तथ्यांक भारत सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणाले बढी हो । भारतका भूतपूर्व आर्थिक सल्लाहकार अरविन्द सुव्रमण्यमका अनुसार भारतमा ४० लाख जनाको महामारीको बेलामा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर