देउवा र स्वीस राजदूतबीच भेटवार्ता : वैदेशिक लगानी र संक्रमणकालिन न्यायबारे छलफल

२०७८ साउन ५ गते १५:३२

काठमाडौं । युरोपेली मुलुक स्वीटजरल्यान्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।
राजदूत एलिजाबेथ भेन केपलेरले प्रधानमन्त्री देउवालाई सिंहदरबारमा भेट गर्दै बधाई दिएकी हुन् । कोरोना महामारीविरुद्ध र विकासमा सघाउन स्वीटजरल्यान्ड तयार रहेको प्रतिबद्धता राजदूतले जनाएको दूतावासले उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालय समेत सम्हालेका देउवा र राजदूत केपलरबीच विदेशी लगानी र संक्रमणकालिन न्यायबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर