कमला नदीकाे बाढीले कटान गर्दा तटबन्ध भत्किने अवस्थामा – Nepal Press

कमला नदीकाे बाढीले कटान गर्दा तटबन्ध भत्किने अवस्थामा

जनकपुरधाम । कमला नदीमा आएको बाढीले धनुषातिरको तटबन्ध  भत्किने अवस्थामा पुगेकाे छ ।  धनुषाको सबैला नगरपालिका १३ स्थित नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको हो ।

स्थानीय पत्रकार आयुब हुँसैनका अनुसार करिब ५ मिटर चौडाइ रहेको तटबन्धमध्ये ४ मिटर कटान गरिसकेको छ । स्थानीयले केहि रुख काटेर ल्याई कटान रोक्न प्रयासरत छन् । तर केहिबेरमै तटबन्ध कटान गरी बाढी गाउँ पस्ने देखिन्छ ।

बाढीले रातिदेखि नै तटबन्ध कटान गरिरहेको छ । स्थानीयले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विहानै जानकारी गराएका थिए । तर अहिलेसम्म सरकारी निकायबाट तटबन्ध जोगाउन कुनै प्रयास भएको छैन ।

प्रजिअ बास्तोलाले तटबन्ध जोगाउने प्रयासमा लागेको बताए । उनले भने, ‘हामी अहिले त्यहीँ पुगेका छौं । प्लाष्टिकको बोरामा माटो भरेर तटबन्धमा राखी कटान रोक्ने प्रयासमा छौं ।’ तटबन्ध भत्कियो भने ठूलो क्षति हुने उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर