माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको वार्ता, सरकारमा सहभागिताबारे छलफल – Nepal Press

माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको वार्ता, सरकारमा सहभागिताबारे छलफल

काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बेग्ला-बेग्लै भेट गरेका छन् ।

आज विहानै माधव नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका थिए । प्रचण्ड र माधव नेपालबीच करीव पौने घण्टा छलफल भए लगत्तै उपेन्द्र यादव पुगेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका मधव नपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ ।

मन्त्रालय भागबण्डा र विशेष गरी माधव पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भएको बताइएको छ ।

प्रधानन्त्री शेरवहादुर देउवाले माधव पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

यसबीचमा जसपाको आधिकारिकता विवाद पनि निर्वाचन आयोगबाट टुंगो लाग्ने भएकाले उपेन्द्र यादव माधव नेपाललाई भेट्न पुगेका हुन् । अहिले नेपाल र यादवबीच छलफल चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर