१२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित) – Nepal Press

१२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

८६ सहसचिव पनि अनिवार्य अवकाश पाउने सूचीमा

काठमाडौं । चालू आर्थिक वर्षमा विशिष्ठ श्रेणीका १२ जना सचिवसहित दुई हजार चार सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७८-७९ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ ।

सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबार अनिवार्य अवकाश पाउँदैछन् भने अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनी साउन २४, बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द प्रसाद पौड्याल साउन २६ मा अनिवार्य अवकाश पाउदैँछन् ।

नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्र प्रसाद खनाल असोज ९, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने असोज १२, महालेखा परिक्षकको कार्यालयका उप महालेखा परीक्षक बाबुराम गौतम कात्तिक ५, महालेखा परीक्षकको कार्यालयकै उप महालेखा परीक्षक इश्वर नेपाल कात्तिक ५, राष्ट्रिय प्राकृति श्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पुष १४, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना माघ २०, ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की जेठ ४, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा जेठ १९ र लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई असार २२ मा अनिवार्य अवकाश पाउने सूचीमा छन् ।

ठूलो संख्यामा सहसचिव अवकाश पाउँदै

चालू आर्थिक वर्ष २०७८-०७९ मा अवकाश पाउनेको सूचीमा सहसचिव पनि धेरै जना रहेको राष्ट्रिय कितावखानाले जनाएको छ । आर्थिक वर्षको सुरुवातमा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत नै सहसचिव इश्वराज दाहालले अनिवार्य अवकास पाइसकेका छन् भने मंगलबार दुई जना सहसचिवले अनिवार्य अवकाश पाउँदैछन् । जसमा परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल रहेका छन् भने सहसचिव एवम संयुक्त राष्ट्रसंघका लागि नेपाल अधिराज्यको स्थायी नियोग जेनेभा, स्विजरल्याण्डमा कार्यरत मणीप्रसाद भट्टराई रहेका छन् ।

अनिवार्य अवकाश पाउने सहसचिवमा ऋषिराज भण्डारी, प्रदीपकुमार मुडवरी, दिलीप कुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मल, प्रमोदकुमार रिजाल, अनिलभद्र खनाल, अरुणकुमार सिंखडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरीराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नविन गिरी, श्यामकिशोर सिंह, सुर्यप्रसाद रिजाल, रमेशप्रसाद सिवाकोटी, खडानन्द गौतम छन् ।

यस्तै प्रदीपराज कर्णेल, शिवहरी कोइराला, प्रदीपकुमार निरौला, रमेशवन्धु अर्याल, राकेशकुमार त्रिपाठी, बद्रीराज अर्याल, सुनिलकुमार दास, शंकरप्रसाद खरेल, अच्युतप्रसाद सिवाकोटी, भुवनहरी अर्याल, दमयन्ती श्रेष्ठ, जिरञ्जीवी पराजुली, ताराप्रसाद भटटराई, राजेन्द्रप्रसाद घिमिरे, ठाकुरप्रसाद सिग्देल, देवकुमार तामाङ, प्रल्हादप्रसाद सापकोटा, मधुकर राना, जनकराज दाहाल, रामेश्वर रेग्मी, तुल्सीप्रसाद थपलिया, टेकराज निरौला, मनबहादुर खड्का, चक्रपाणी शर्मा, भरतकुमार शर्मा, मधुकर प्रसाद राजभण्डारी पनि छन् ।

यहि वर्ष अनिवार्य अवकाश पाउने सहसचिवमा गौलोचन, डम्बरबहादुर थापा, अर्जुनकुमार शर्मा, नारायणप्रसाद शर्मा, शिवहरी सापकोटा, इश्वरीप्रसाद बन्जाडे, विष्णुदत्त गौतम, किसनलाल भट्ट, पुष्करराज पन्त, अशोककुमार कार्की, लोकनाथ पौडेल, प्रकाशकुमार सुवेदी,
निरु दाहाल, घनिन्द्रराज चिमौरिया, बासुदेव शर्मा, रामचन्द्र श्रेष्ठ, ध्रुवकुमार पोखरेल, नुरमुहम्मद खाँ, नियाज वारिस र रविनाथबाबु श्रेष्ठ छन् ।

यस्तै शान्ताकुमारी कँडेल, प्रमोदकुमार उपाध्याय, रामपदारथ बिच्छा, तारानाथ पौडेल, रघुनन्दन ब्याँजु, मोहनराज श्रेष्ठ, गुणराज अबस्थी, रजनी हाडा, भिमसिंह टिंकरी, तारानाथ पोख्रेल, किरणप्रसाद श्रेष्ठ, देवेश सिंह, सुदेश सुवेदी, बिरेन्द्रबहादुर चन्द पनि यसै वर्ष अवकाश पाउने सूचीमा छन् ।

राष्ट्रिय किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ । कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरेको छ । किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर