बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै – Nepal Press

बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठकका लागि उनीहरू बालकोटतर्फ लागेका हुन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

२४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । यसका साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि नेताहरू छलफलमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर