बाबुरामले भने– सर्वोच्चले संविधानको सुन्दर व्याख्या गरिदियो, हत्या हुनै लागेको संसद जोगाइदियो – Nepal Press

बाबुरामले भने– सर्वोच्चले संविधानको सुन्दर व्याख्या गरिदियो, हत्या हुनै लागेको संसद जोगाइदियो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एमव् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले संविधानको सुन्दर तरिकाले व्याख्या गरेको बताएका छन् ।

सर्वोच्च अदालतको आदेश मैले पटक–पटक पढेँ,’ भट्टराईले भने, ‘राज्यका स्थायी अंगहरुको धेरै रुपान्तरण भएको पाउन्न । धेरै आस्था र विश्वास पनि छैन । तर, यसपटकको सर्वोच्चको फैसला सबैले पढौं । मैले त हार्डकपी नै राखेको छु । संविधानको व्याख्या सुन्दर तरिकाले दिएको छ ।’

संविधानको हत्या हुन लागे भए पनि संसद पुनःस्थापना भएको भन्दै भट्टराईले अब त्यसबाट पाठ सिक्नुपर्ने बताए।

‘यो संविधानको हत्या हुन लागेकै थियो, त्यो डिलमा पुग्नै लागेकै थियो,’ भट्टराईले भने, ‘पटक–पटकको संसद विघटनले संविधानको मृत्यु हुँदै थियो । संसद पुनःस्थापना भएको छ । यसबाट हामीले पाठ सिकौं । प्रतिगमनतिर देश गएकै थियो, यसबाट बचाउन काम भएको छ ।’

संविधानको धारा ७६ (५)को व्यवास्था राम्रोसँग थाहा भएको भन्दै उनले अहिलेको व्यवस्था परम्परागत नभएको र संविधान पहिलेभन्दा अग्रगनकारी भएको बताए।

‘सर्वोच्चले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभएको बतायो,’ भट्टराइले भने, ‘यो संविधान विगतका संविधानभन्दा अग्रगमनकारी छ । अपुरो छ तर यसको अवमूल्यन नगरौं ।’

भट्टराईले विश्वासको मत मागिरहेका देउवालाई केही सुझाव पनि दिए । संविधानमा अझैं पनि केही अपूर्णता र असन्तुष्टि भएको भन्दै त्यसका लागि राजनीतिक सहमति जुटाउन देउवालाई आग्रह गरे।

‘संविधानमा अपूर्णता छन्, यसप्रति ठूलो असन्तुष्टि छन् । म आफैं असन्तुष्ट छु,’ भट्टराईको सुझाव छ, ‘सहि अर्थको संघियता बनेको छैन् । राजनीतिक एजेन्डा सेट गरौं संविधानको अपूर्णता पूर्ण गर्नका लागि । शासकीय स्वरुप, नागरिकताको विषय। नागरिकताको समस्या हल गरिनुपर्छ । यस्ता कुराहरुलाई सच्याएर संविधान संसोधन गनुपर्छ । यसका लागि राजनीतिक सहमति बनाउन म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहान्छु ।’

उनले जनयुद्धमा होमिएकाको योदानलाई अबमुल्यन नगर्न पनि आग्रह गरे। जितेर नआएको भए माओवादी हारेर नआएको भन्दै त्यसलाई अपराधीकरण गर्न नहुने बताए । संक्रमणकालीन न्यायालाई क्रसाउने, धम्काउने कुरामा प्रयोग नगर्न उनको आग्रह छ।

उनले तत्कालै निशुल्क रुपमा पूर्ण रुपमा खोपको व्यवस्था गर्नतिर लाग्न सरकारलाई सुझाव दिए । कोभिडबाट अर्थतन्त्रलाई पुर्नजीवन दिने योजना बनाउन सुझाव दिए । त्यस्तै सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर