देउवालाई विश्वासको मत दिने महन्थको घोषणा – Nepal Press

देउवालाई विश्वासको मत दिने महन्थको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिए । पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएकोमा ठाकुरले गुनासो गरे । ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन’, ठाकुरले भने ।

देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य जड नै संविधान रहेको ठाकुरले बताए । ‘हामीले बारम्बार भनेका छौं कि संविधान नै गलत छ । राजनीतिक अस्थिरताको जड यही संविधान हो’, ठाकुरले भने ।

प्रधानमन्त्री देउवाले पत्र पठाएर समर्थन मागेको र माग पूरा गर्ने वचन दिएको भन्दै ठाकुरले अहिलेको संविधानबाट उत्पीडनमा परेकाले केही नपाउने आफ्नो ठहर रहेको बताए । नागरिकताको विषयमा अघिल्लो सरकारले सकरात्मक काम गरेको भन्दै ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर