ओलीलाई अदालतले होइन अहंकारले हराएको हो : मिनेन्द्र रिजाल – Nepal Press

ओलीलाई अदालतले होइन अहंकारले हराएको हो : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरे ।

‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो’, डा. रिजालले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्दै नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत गराए । ‘मेरो सुझाव छ तपाईंहरूलाई, धेरै उड्ने पनि नगर्नुस् धेरै तल पनि नजानुस् । एउटा सीमाभित्र बस्नुस् । हामीलाई कुनै उन्माद छैन, सत्ताबाहिर हुनेले पनि मनमा तिक्तता नलिनुस्’, रिजालले भने ।


प्रतिक्रिया

One thought on “ओलीलाई अदालतले होइन अहंकारले हराएको हो : मिनेन्द्र रिजाल

  1. हेर्ने, सुन्ने र यो समाचार पढ्ने सबै लज्जित भए ! क्षणिक लाभमा रमेपछि कसको के लाग्छ र ?

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर