राष्ट्र बैंकद्वारा मुद्रास्फीति अपेक्षा सर्वेक्षण नतिजा सार्वजनिक, मूल्यवृद्धिको संकेत – Nepal Press

राष्ट्र बैंकद्वारा मुद्रास्फीति अपेक्षा सर्वेक्षण नतिजा सार्वजनिक, मूल्यवृद्धिको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्वन्धी त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै मूल्यवृद्धिको संकेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले सातै प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ जना व्यक्तिसँग अन्तर्वातका माध्यमबाट मुद्रास्फिति अपेक्षा सम्बन्धी प्रश्न सोधेको थियो ।

सर्वेक्षणमा सहभागी उत्तरदाताको अनुमानका आधारमा गणना गर्दा चालु महिना (माघ२०७७) कोऔसत मुद्रास्फीति आठ प्रतिशत, तीन महिनापछि (वैशाख, २०७८) को औसत मुद्रास्फीति ८.७ प्रतिशत तथा एक वर्षपछि (माघ, २०७८) को औसत मुद्रास्फीति १० प्रतिशत हुने अपेक्षा गरेको केन्द्रीय बैंकले बताएको छ।

आगामी तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको छ ।

सहरी क्षेत्रका उपभोक्तामा मात्र सीमित रहेको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता,उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेत समेट्ने योजना रहेको केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *