संसदमा जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम बसे सत्ता पक्षमा – Nepal Press

संसदमा जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम बसे सत्ता पक्षमा

काठमाडौं । कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।

जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । पहिलो बैठकमा माधव नेपाल पनि उपस्थित रहेनन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसेकी छन् ।


प्रतिक्रिया

One thought on “संसदमा जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम बसे सत्ता पक्षमा

  1. डा. बाबुराम भट्टराइले गिजोलेको र चोलेन्द्रले उपलब्ध गराएको राजनीतिक अधिकारको परिणाम संसार कै नमुना प्रजातन्त्र । एउटै दलक सत्ताधारी र प्रतिपक्ष, योभन्दा उदेक लाग्दो कुरा दुनियाँमा हामी वाहेक कसैले पनि देख्न पाउने छैनन् होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *