सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल (भिडियोसहित) – Nepal Press

सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।

‘केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवमं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ’, राजीनामापत्रमा रावलले भनेका छन्, ‘यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापका विरुद्ध जम्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपग्दा उच्च राजनीतिक नेतत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एबम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हन श्रेयष्कर भएकोले उक्त प्रकारको दषित खेलवाट आफलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर